नियम ७९
उपसमिति वा कार्यटोली गठन गर्न सक्ने
(१) परिषद्ले आफूले गर्नुपर्ने कुनै काम सूचारु रूपले गर्नकालागि आवश्यक परेमा सम्बन्धित विशेषज्ञ तथा बालबालिकाको हक हितमा कार्य गरेका बाल अधिकारकर्मी तथा समाजसेवीलाई समेत समावेश गरी आवश्यकता अनुसार उपसमिति वा कार्यटोली गठन गर्न सक्नेछ।

(२) उपनियम (१) बमोजिम गठन हुने उपसमिति वा कार्यटोलीको काम, कर्तव्य र अधिकार तथा कार्यविधि त्यस्तो उपसमिति वा कार्यटोली गठन गर्दाका बखत परिषद्ले निर्धारण गरेबमोजिम हुनेछ।